मतदानपछि सिर्जना सिंहले भनिन्– ‘जित्छु भनेर ढुक्क छु

मतदानपछि सिर्जना सिंहले भनिन्– ‘जित्छु भनेर ढुक्क छु


काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकिछन् ।

सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी काँग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकि हुन् । मतदान गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गरेकि छन् । मेयरकी उम्मेदवार सिंहले देशमा काँग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्दै काँग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरिन ।

मेयरकी उम्मेदवार सिंहले भनिन्, ‘म आफू जित्छु भनेर ढुक्क छु । हाम्रो पार्टी नेपाली काँग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछ । आर्थिक उन्नती गर्छ । त्यसैले नेपाली काँग्रेसका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई जिताइदिनु होला । काठमाडौंलाई व्यापारीक केन्द्र, पर्यटकीय केन्द्र बनाउन आएको छु । यहाँका समस्यालाई समाधान गर्छु । काठमाडौंलाई सफा गरेर देखाउँछु ।’

मेयरकी उम्मेदवार सिंहले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै जितपछि काठमाडौंका हरेक समस्या समाधान गर्ने बताइन् ।

Logo