रुखमा मतदान गर्न सिकाउने मतदान अधिकृत बर्खास्त

रुखमा मतदान गर्न सिकाउने मतदान अधिकृत बर्खास्त


मतदातालाई रुख चिन्हमा मतदान गर्न सिकाउने सर्लाहीका एक मतदान अधिकृतलाई बर्खास्त गरिएको छ । सर्लाहीको बलरा नगरपालिका ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको हो ।

रुखमा मतदान गर्न मतदातालाई सिकाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । मत दुरुपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।

उक्त घटनापछि मतदान प्रक्रिया स्थगित भएको थियो । सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमति भएको छ । सोही सहमति अनुसार सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर मतदान सुरु भएको छ । 

Logo