1
1
1
1

दमकमा एमालेको विजयी सुरुवात

1
1
1
1
1
1

एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ । एमाले अध्यक्ष केपी ओलीको गृह नगरमा एमालेले विजयी सुरुवात गरेको हो ।

दमक-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए । उनले  १ हजार ६८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त गरे । यहाँ एमालेविरुद्ध राप्रपा, कांग्रेस र माओवादीको गठबन्धन छ ।

नगर प्रमुख पदमा पनि एमालेकै अग्रता छ । एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत पाएकी छन् । गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १ हजार ६४८ मतका ल्याएका छन् ।  गठबन्धनका तर्फबाट उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराईले १ हजार ६४० मत ल्याएकी छन् । उपप्रमुखमा एमालेका अम्बिका खनालले १ हजार ५०९ मतका ल्याएका छन् । 

स्थानीय तह

प्रकाशित: १ जेठ २०७९ ०६:५७ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी