दैलेख नौमुलेको अध्यक्षमा माओवादी छवि सुवेदी विजयी

दैलेख नौमुलेको अध्यक्षमा माओवादी छवि सुवेदी विजयी


दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार सुवेदी नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । 

सुवेदीले ३ हजार २००  मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ५४४ मत प्राप्त गरे । नेकपा एमालेका शशिराम विकले १ हजार ९२० मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ८३४ मत प्राप्त गरेका छन् । कांग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले २ हजार ४०५ मत प्राप्त गरेकी छन्, नेकपा एमालेका रिता चन्दले १ हजार ९१८ मत प्राप्त गरेकी छिन् । 

उपाध्यक्ष पदमा विजयी शाही नेपाली काँग्रेसको गाउँपालिका सभापति पद छोडेर एकीकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्ष पदमा उठेका थिए । 
 

Logo