खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ ।

पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका हुन् । अध्यक्षमा मिङमा छिरी शेर्पाले २ हजार २८ मत र उपाध्यक्ष २ हजार २३ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसकै निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरेका थिए ।

५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेको छ भने बाँकी वडाहरु नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Logo