किन भक्तपुर नगरपालिकाको कार्यालय पुगे बालेन शाह ?

किन भक्तपुर नगरपालिकाको कार्यालय पुगे बालेन शाह ?


काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका २ व्यासस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् ।

उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ । आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन् । बालेन भक्तपुर पुगेपछि उनीसँग सेल्फी खिच्नेहरूको भिड लागेको थियो । 

यस क्रममा शाहले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंका कान्छो भाइ एवं उक्त पार्टीबाट भक्तपुर नगरपालिका-५ का वडा अध्यक्षका उम्मेदवार योगेन्द्रमा बिजुक्छेका साथै भक्तपुर नगरपालिका-५ मा नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष प्रेमगोपाल कर्माचायसँंग भेटघाट पनि गरेका थिए । 

Logo