काठमाडौं महानगरमा गणना भइरहेका ६ वटै वडामा बालेनकाे अग्रता

काठमाडौं महानगरमा गणना भइरहेका ६ वटै वडामा बालेनकाे अग्रता


काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्। वडा नम्बर ३१ को मतगणना केही समयअघि मात्र सुरू भएको थियो । यसमा पनि बालेनले नै अग्रस्थानमा छन्।

पछिल्लो मतगणना अनुसार बालेनले ३५३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले १८५६ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६६८ मत  पाएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मत गणना भइरहेको छ। ६ वटै वडामा बालेनले नै अग्रता लिइरहेका छन्।

Logo