बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक : कांग्रेस १६, एमाले १५ वडामा विजयी

बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक : कांग्रेस १६, एमाले १५ वडामा विजयी


८४ वडा रहेको बैतडीमा १६ वडामा नेपाली कांग्रेस विजयी भएको छ। दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भएका छन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी १ मा गणेश गडाल र वडा नम्बर १० मा हिम्मत विष्ट विजयी भएका छन्। 

यसैगरी सिगास गाउँपालिका १ मा रामचन्द्र ऐरी, ४ मा हरिसिंह बोहरा तथा ७ मा कर्णबहादुर साउद विजयी भएका छन्। यस्तै पञ्चेश्वर गाउँपालिका ५ नरेश चन्द, शिवनाथ १ मा बल्देव चाड, ३ मा केशव कलौनी र ५ मा केशव चन्द विजयी भएका छन्। 

सुर्नया गाउँपालिका वडा नम्बर ३ मा शम्भु भट्ट, वडा नम्बर ७ मा भक्तबहादुर कुँवर, वडा नम्बर ८ भानबहादुर बोहरा विजयी भएका छन् । डिलाशैनी गाउँपालिका १ मा कृष्णकुमार धामी र मेलौली नगरपालिका २ कृष्णदत्त भट्ट विजयी भए। 

यसैगरी नेकपा एमाले १५ वडामा विजयी भएको छ। दशरथचन्द नगरपालिका वडा नम्बर १ विष्णुदत्त भट्ट, वडा नम्बर २ मा सूर्यबहादुर बोहरा, वडा नम्बर ९ मा मोहनदेव जोशी, वडा नम्बर ११ जयदत्त पन्त, सुर्नया गाउँपालिका वडा नम्बर १ धनबहादुर चन्द, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रामसिंह पुजारा, दोगडाकेदार गाउँपालिका वडा नम्बर १ नवराज जोशी, मेलौली नगरपालिका वडा नम्बर १ सरदसिंह नेगी शिवनाथ गाउँपालिका वडा नम्बर २ सुरेन्द्र साउद, वडा नम्बर ४ धनबहादुर महता, डिलाशैनी गाउँपालिका वडा नम्बर २ नवराज घरडी, पाटन नगरपालिका वडा नम्बर ४ दीपक विष्ट, पुर्चौडी नगरपालिका वडा नम्बर ९ रम्भा बोहरा, सिगास गाउँपालिका वडा नम्बर २ मा ठकेन्द्र ऐरी र ५ मा राजेन्द्र चन्द विजयी भएका छन् । 

नेकपा माओवादी केन्द्रले बैतडीका ५ वडामा विजयी भएका छन्। पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ मा दिवानी राम सार्की, वडा नम्बर २ मा वीरबहादुर चन्द, पाटन नगरपालिका वडा नम्बर १ तर्कसिंह ठगुन्ना र वडा नम्बर ९ कालुसिंह भाट विजयी भएका छन् ।

जिल्लाको १ वडामा राप्रपाले जित निकालेको छ। सुर्नया गाउँपालिका वडा नम्बर २ मा राप्रपाका गणेश विष्ट विजयी भएका छन् । 

Logo