मण्डनदेउपुरकाे प्रमुख / उपप्रमुखमा गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै, पछ्याउँदै एमाले

मण्डनदेउपुरकाे प्रमुख / उपप्रमुखमा गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै, पछ्याउँदै एमाले


काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा मतगणना जारी छ। हालसम्म वडा नम्बर १,२,३ र ४ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ। वडा नम्बर १ र ४ मा एमाले र २ र ३ मा नेपाली कांग्रेसले जित हात पारेका छन्। अहिले वडा नम्बर ५ र ६ काे मतगणना जारी छ । 

प्राप्त पछिल्लाे जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टाेकबहादुर वाइवा अगाडि छन् । उनले २६६० मत ल्याउँदा एमालेका विदुर सापकाेटाले २३७७ मत ल्याएका छन् ।  नेपाल मजदुर किसान पार्टीका मुना तामाङले २३१ र राप्रपाकी हिरा बजगाइँले १५३ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले २८४६ मत ल्याएर अगाडि छन् । एमालेकी सरिता ढकालले २१७७ मत ल्याएकी छिन्। नेपाल मजदुर किसान पार्टीका पूर्णसिं तामाङले १३१ मत पाएका छन् ।

मण्डनदेउपुरमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेकाे छ। 

Logo