काठमाडौं अपडेट: स्थापितको मत तीन हजार नाघ्यो, बालेनको कति ?

काठमाडौं अपडेट: स्थापितको मत तीन हजार नाघ्यो, बालेनको कति ?


काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा २,६१९ मतले अगाडि छन् ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले ५,६६५ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ३,०४६ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले २,६४० मत पाएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको ३,५९१ मत रहेको छ भने नेकपा एसका रामेश्वर श्रेष्ठको १,०२७ मत रहेको छ ।

Logo