पूर्वमन्त्री गाेकुल बास्काेटाकाे वडा मण्डनदेउपुर-४ मा एमालेकाे प्यानलै विजयी

पूर्वमन्त्री गाेकुल बास्काेटाकाे वडा मण्डनदेउपुर-४ मा एमालेकाे प्यानलै विजयी


पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य गाेकुल बास्काेटाकाे वडामा एमालेकाे प्यानलै विजयी भएकाे छ।

काभ्रेकाे मण्डनदेउपुर ४ मा एमालेबाट वडाध्यक्ष  मैतेसिं तामाङको सिंगो टिम विजयी भएकाे हाे। उनले ६२३ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४६८ मत पाए । यहाँ कांग्रेसबाट वडाध्यक्ष उम्मेदवारले २७५ मात्र मत पाएका छन् । 

यस नगरकाे मेयर पदमा उम्मेदवार रहेका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवाकाे गृह वडा पनि रहेकाे यहाँबाट उनले भने ५७३ मत पाएका छन् । एमालेका उम्मेदवार विदुर सापकाेटाले ७१७ मत पाए ।  

नगरपालिकामा मतगणना जारी छ। हालसम्म वडा नम्बर १,२,३ र ४ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ। वडा नम्बर १ र ४ मा एमाले र २ र ३ मा नेपाली कांग्रेसले जित हात पारेका छन्। अहिले वडा नम्बर ५ र ६ काे मतगणना जारी छ । 

प्राप्त पछिल्लाे जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टाेकबहादुर वाइवा अगाडि छन् । उनले २६६० मत ल्याउँदा एमालेका विदुर सापकाेटाले २३७७ मत ल्याएका छन् ।  नेपाल मजदुर किसान पार्टीका मुना तामाङले २३१ र राप्रपाकी हिरा बजगाइँले १५३ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले २८४६ मत ल्याएर अगाडि छन् । एमालेकी सरिता ढकालले २१७७ मत ल्याएकी छिन्। नेपाल मजदुर किसान पार्टीका पूर्णसिं तामाङले १३१ मत पाएका छन् ।

मण्डनदेउपुरमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेकाे छ। 

Logo