हेटौंडाको रोचक प्रतिस्पर्धा : एकीकृत समाजवादी १ मतान्तरले अगाडि, पछ्याउँदै राप्रपा

हेटौंडाको रोचक प्रतिस्पर्धा : एकीकृत समाजवादी १ मतान्तरले अगाडि, पछ्याउँदै राप्रपा


हेटौंडा उपमहानगरपालिकामा तीनपक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको ११ हजार ६७३ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जम्मा १ मतको अग्रता लिएकी छिन् ।

लामाले ३ हजार ४५६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ३ हजार ४५५ मत प्राप्त गर्दै दोस्रो स्थानमा  छन् । एमालेका उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत प्राप्त गर्दै करिब ४०० मतले पछाडि रहेका छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली  कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् भने एमाले उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत र राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत प्राप्त गर्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Logo