डडेलधुरा : आलितालमा माओवादी र नवदुर्गामा कांग्रेस विजयी

डडेलधुरा : आलितालमा माओवादी र नवदुर्गामा कांग्रेस विजयी


डडेलधुराको आलिताल गाउँपालिकामा माओवादी केन्द्र र नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

आलिताल : यहाँ कांग्रेसलाई हराउँदै माओवादी केन्द्र विजयी भएको हो । अध्यक्षमा शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका छन् ।

कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांगेसकै जलाकुमारी विष्ट (बोगटी)लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन् । अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए । उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए । पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराएका हुन् ।

उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत प्राप्त गरिन् । कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन् । यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो ।

नवदुर्गा : यहाँ अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराउँदै अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला विष्ट 'बोगटी' विजयी भएका हुन् ।

एकीकृत समाजवादीका कवीन्द्र विष्टलाई हराउँदै अध्यक्षमा अवस्थी र उपाध्यक्षमा समाजवादीकि चन्द्रा रूपालीलाई हराउँदै विष्ट विजयी भइन् । अध्यक्षमा निर्वाचित अवस्थीले २८७९ मत ल्याए ।  उनका प्रतिस्पर्धी विष्टले २६०६ मत पाए ।

उपाध्यक्षमा विजयी विष्टले  ३२०८ मत ल्याइन् । निकटतम प्रतिस्पर्धी चन्द्रा रूपालीले २३६७ मत पाइन् ।

Logo