काठमाडौं अपडेट: स्थापित र सिंह दुवैको मत जोड्दा पनि बालेनको भन्दा ७९ कम

काठमाडौं अपडेट: स्थापित र सिंह दुवैको मत जोड्दा पनि बालेनको भन्दा ७९ कम


काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा २,९६४ मतले अगाडि छन् । 

यसमा अर्को रोचक कुरा के छ भने काठमाडौंका एमाले र कांग्रेस दुवैले पाएको मतको योगफल बालेन एक्लैले पाएको मत भन्दा ७९ कम हुन्छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले ६,२०७ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ३,२४३ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले २,८८५ मत पाएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको ३,५९१ मत रहेको छ भने नेकपा एसका रामेश्वर श्रेष्ठको १,०२७ मत रहेको छ ।

Logo