गणनामा भएको विवादले उग्र रूप लिएपछि प्रहरीले गर्‍यो हवाई फायर

गणनामा भएको विवादले उग्र रूप लिएपछि प्रहरीले गर्‍यो हवाई फायर


धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएको भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै‌ स्थगित भएको हो ।

धनौजी-१ लखौरी गाउँमा मतदानकाे मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएको थियो । मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए । 

विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए । 

यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेको थियो । 

धनाैजी-३,४ र ५ को मतगणना सम्पन्न भइसकेको छ ।

Logo