यी हुन राप्रपाले जितेका ३० स्थान

यी हुन राप्रपाले जितेका ३० स्थान


यो लेखमा राप्रपाले विभिन्न स्थानीय तह अन्तर्गतका वडाहरूमा हालसम्म विजय प्राप्त गरेका केही स्थानहरू समावेश गरिएको छ ।

१. धादिङको रुबिभ्याली वडा नं ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी । 

२. धादिङको खनियाबास वडा नं ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी ।

३. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी ।

४. सिद्धार्थनगर नपा कै वडा नं ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी । 

५. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं १ मा श्यामकुमार आले र प्यानल विजयी । 

६. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा) सहितको प्यानल विजयी । 

७. भद्रपुर नगरपालिकाको वडा नं ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल विजयी । 

८. दमक नगरपालिकाको वडा नं १० को वडा अध्यक्षमा राजेन्द्र भण्डारी सहितको प्यानल विजयी । 

९. झापाको हल्दिबारी गाउँपालिकाको वडा नं १ मा देवी थापा सहितको प्यानल विजयी । 

१०. नेपालगन्ज उपमहानगरको वडा नं २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी ।

११. सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल विजयी । 

१२. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित । 

१३. नवलपरासीको रामग्राम-३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित । 

१४. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित । 

१५. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी । 

१६. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित विजय । 

१७. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं-१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित । 

१८. रुपन्देहीको रोहिणी गाउँपालिकाको वार्ड न.१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित । 

१९. चितवनको माडी नगरपालिका वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित । 

२०. सिद्धार्थनगर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित 

२१. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित । 

२२. डोटीको के.आई. सिंह गाउँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी । 

२३. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी । 

२४. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी । 

२५. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी । 

२६. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी । 

२७. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष विक्रम चन्द सहित प्यानल विजयी । 

२८. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी । 

२९. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी । 

३०. नवलपरासीको प्रतापपुर-२ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल विजयी ।

Logo