काठमाडौं अपडेट: बालेन शाह ३ हजार बढी मतान्तरले अग्रस्थानमा

काठमाडौं अपडेट: बालेन शाह ३ हजार बढी मतान्तरले अग्रस्थानमा


काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा ३,०७१ मतले अगाडि छन् । 

यसमा अर्को रोचक कुरा के छ भने काठमाडौंका एमाले र कांग्रेस दुवैले पाएको मतको योगफल बालेन एक्लैले पाएको मत भन्दा ६४ मत कम हुन्छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले ६,४८६ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ३,४१३ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३,००९ मत पाएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको ५,८४४ मत रहेको छ भने नेकपा एसका रामेश्वर श्रेष्ठको १,६०९ मत रहेको छ ।

Logo