डोल्पाको ठूलीभेरीमा एकीकृत समाजवादीलाई हराउँदै कांग्रेस विजयी

डोल्पाको ठूलीभेरीमा एकीकृत समाजवादीलाई हराउँदै कांग्रेस विजयी


डोल्पा सदरमुकाम रहेकाे ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले एक हजार दुई सय ८६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एसका कर्णबहादुर रोकायले नाै सय ४५ भोट ल्याइ पराजित भए । उपप्रमुखमा कांग्रेसकै छिरिङ टोल्मा महतले आठ सय ४८ मत ल्याएर  विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी वीरबलकुमार भण्डारीले ६८६ मत ल्याएर पराजित भएका छन्। 

११ वडा रहेको ठुलीभेरीमा वडा नम्वर १ मा कांग्रेसका तेजेन्द्र रोकया, २ मा नेकपा माओवादी केन्द्रका कमल क्षेत्री, वडा नम्वरमा ३ मा कांग्रेसका भक्त भण्डारी, वडा नम्वर ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा, वडा नम्वर ५ मा कांग्रेसकै भीमबहादुर रोकाय, वडा नम्वर ६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की विजयी भए ।

यस्तै  वडा नम्वर ७ मा एमालेका ध्रुवविक्रम शाही, वडा नम्वर ८ मा नेकपा ( एकीकृत समाजबादी) का मनराज ठकुल्ला, वडा नम्वर ९ मा कांग्रेसकै  सुवास कठायत, वडा नम्वर १० मा कांग्रेसका हंसबहादुर महत  र वडा नम्वर ११ मा एकीकृत समाजवादीका भद्र कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।  

Logo