भरतपुरमा विजय र रेनुबीचको मतान्तर ५५, जगन्नाथकाे कति ?

भरतपुरमा विजय र रेनुबीचको मतान्तर ५५, जगन्नाथकाे कति ?


चितवनकाे भरतपुरमा १३ हजार ३६४ मतगणना हुँदासम्म एमालेका विजय सुवेदीले ४ हजार ५५० मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन्।

विजयलाई पछ्याइरहेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले भने ४ हजार ४९५ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । विजय र दाहालबीचको मतान्तर ५५ छ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ९९८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३१३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ६२२ मत ल्याएर दोस्रो स्थानमा उभिएकी छिन्।

Logo