सर्लाहीको रामनगरमा २२ वर्षका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित

सर्लाहीको रामनगरमा २२ वर्षका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित


सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव विजयी भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन्। यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादी केन्द्र विजयी भएकाे हाे।

जसमा, अध्यक्षमा राजाबाबु यादव ४ हजार ०८१ मतसहित विजयी भएका छन् । उनीसँग प्रतिस्पर्धी गरेका नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३९२ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १ हजार ७०७ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षतर्फ माओवादीकी गीता देवीले ३ हजार ५२३ मत प्राप्त गरि विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी काैशिला शाहले २ हजार ६३७ मत ल्याएकी छन्।

Logo