११ हजार ६३२ मतका साथ काठमाडौं महानगरमा बालेनकाे अग्रता कायमै

११ हजार ६३२ मतका साथ काठमाडौं महानगरमा बालेनकाे अग्रता कायमै


काठमाडौं महानगरको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन)  शाह ५ हजार ३७३ मतले अग्रता लिएका छन् । उनले सुरुवात देखि नै अग्रता कायम गरेका हुन् । 

हालसम्मको मत परिणामअनुसार शाहले ११ हजार ६३२ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६ हजार २५९ पुर्‍याएका हुन् । 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ४८६ मत प्राप्त गरेकी छन् ।

Logo