काठमाडौं महानगरमा बालेन र स्थापितकाे मतान्तर ५ हजार ३१६

काठमाडौं महानगरमा बालेन र स्थापितकाे मतान्तर ५ हजार ३१६


काठमाडौं महानगरको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाह ५ हजार ३१६ मतले अग्रता लिएका छन्। उनले सुरुवातदेखि नै अग्रता कायम गरेका हुन्। 

हालसम्मको मत परिणामअनुसार शाहले ११ हजार ७९२ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६ हजार ४७६ ल्याएका छन्। 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ४८६ मत प्राप्त गरेकी छन्।

Logo