बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी


बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सवित्रा गौतम निर्वाचित भएका हुन् ।

गौतम ७ हजार ९८९ मत  पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाएका छन् । 

त्यस्तै उपमेयरमा निर्वाचित भएकी सावित्री गौतमले ८ हजार २०७ मतसहित पाएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी टिका कुमारी समसेली मगरले ७ हजार ४६२ मत पाइन् ।

Skip This
Logo