भरतपुरमा फराकिलो अग्रता बनाउँदै रेनु

भरतपुरमा फराकिलो अग्रता बनाउँदै रेनु


चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता बनाएकी छन्  ।

मेयरमा माओवादी केन्द्रकी रेनुले ९४०५ मतका साथ अग्रता कायम राखेकी छिन् । रेनुलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ८०३७ मत प्राप्त गरेका छन् । 

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४२४८ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १११९६  मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६५४८  मत पाएकी छिन् ।

Logo