ललितपुरमा उम्मेदवार नरहेको रुखमा ३५ सय मत

ललितपुरमा उम्मेदवार नरहेको रुखमा ३५ सय मत


ललितपुरमा उम्मेदवार नरहेको रुख चिह्नमा ३ हजार ५ सय ९ मत खसेको छ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरसहित अग्रता लिइरहँदा उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार भारी मतले पछि परेका छन् । 

अहिलेसम्म २३ हजार ५ सय ६२ मतगणना हुँदा मेयरमा चिरिबावुले १२ हजार ८ सय ५८ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ६ हजार ४ सय ४० मत मात्रै पाएका छन् । मेयरमा राप्रपाका अष्टबहादुर महर्जनले १ हजार ५५ मत पाएका छन् । 

उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य ६ हजार ७ सय ७७ मतसहित अग्रता लिइरहेकी छन् । सत्ता गठबन्धनबाट लडेका माओवादी केन्द्रका बावुराज बज्राचार्यले ५ हजार ३९ मत पाएका छन् । 

अहिलेसम्म वडा नम्बर १,२,३,४,५,६,७,८ को मतगणना सकिएको छ । वडा नम्बर ९, १०, ११ र १२ मा मतगणना भइरहेको छ । 

Skip This
Logo