ललितपुरमा चिरिबाबु ७ हजार ५२२ मतले अगाडि

ललितपुरमा चिरिबाबु ७ हजार ५२२ मतले अगाडि


 ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गरेका छन्। 

पछिल्लो मतगणना अनुसार महर्जनले १७ हजार २१० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले ९ हजार ६८८ मत ल्याएका छन्। पछिल्लो मतगणना अनुसार महर्जन हरिकृष्णभन्दा ७ हजार ५२२ मतले अघि छन् ।

उपप्रमुखमा एमालेकी  मन्जली शाक्यले ९ हजार ४८९ र माओवादीका बाबुराज बज्राचार्यले ६ हजार ९०३ ल्याएका छन्।
 

Logo