विराटनगर महानगरको मेयरमा कांग्रेसका नागेशको फराकिलो अग्रता

विराटनगर महानगरको मेयरमा कांग्रेसका नागेशको फराकिलो अग्रता


विराटनगर महानगरपालिकाको प्रमुख मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । कोइराला निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाभन्दा ४९१९ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार कोइरालाले १९६२८ मत पाएका छन् भने थापाल १४७०९ मत पाएका छन् । उनीहरु दुवैलाई उमेशकुमार यादव स्वतन्त्र० ले ६२५१ मत, राप्रपाका प्रह्लादप्रसाद साह हलुवाईले ३७८१े मतका साथ पछ्याइरहेका छन् ।

उपमेयरतर्र्फ एमालेकी शिल्पा कार्कीको अग्रता रहेको छ । उनले १६९९४ मत पाउँदा उनका प्रतिस्पर्धीहरु अमरेन्द्र यादव जनता समाजवादी पार्टी, नेपाल ले १००२७, विन्दाकुमारी लुइटेल आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४५९१ र नमिता न्यौपाने स्वतन्त्र ले ३५८८ मत पाएकी छन् ।

Logo