चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण


जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो  ।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्कासहित ५२ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन । प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित नगरप्रमुख राजुसिंह कठायतले आफूले भाषणभन्दा भन्दा पनि काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिंगो नगरवासीको भावनालाई बुझेर काम गर्ने बताए । 

त्यस्तै उपप्रमुख रामदेवी खड्काले सबै मिलेर हेर्न मिल्ने सुन्दर सहर विकासको आधार तयार गर्ने  प्रतिबद्धता गरिन् । 

समारोहमा सहभागी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बधाई दिँदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिएकी थिइन् । उनले भौतिक विकाससँगै सामाजिक विकासलगायत नागरिकका आधारभूत आवश्यकता पुरा गर्न जोड दिइन् । 

चन्दननाथ नगरपालिकामा १० वटा वडा छन् । जसमा ५ वटा वडा नेपाली कांग्रेस, ४ वटा वडा नेकपा माओवादी केन्द्र र एक वडा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

Logo