ललितपुरमा ९ हजार १६२ मतान्तरका साथ चिरिबाबुकाे अग्रता कायमै

ललितपुरमा ९ हजार १६२ मतान्तरका साथ चिरिबाबुकाे अग्रता कायमै


ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार उनले २१ हजार ३११ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १२ हजार १४९ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले १ हजार ९७० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन्। उनले ११ हजार ९६५ मत ल्याएकी छिन् भने हालसम्म नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले ८ हजार ४२६ मत प्राप्त गरेका छन् ।

Logo