पोखरामा धनराजको अग्रता कायमै, कसको कति मत ?

पोखरामा धनराजको अग्रता कायमै, कसको कति मत ?


पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता जोगाएका छन्। ६९ हजार ९६८ मत गन्दा उनले २८ हजार ५६३ मत पाएका छन्। यो एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३ हजार २०६ मतले बढी हो।  

६५ हजार मत गन्दा ३ हजार २७० मतले अघि थिए। एमालेको पकड रहेको ८ को नतिजाले उनको केही मतान्तर घटेको हो। ८ नं एमालेले वडा अध्यक्ष जितेको छ। 

धनराजले २६ हजार ९६८ र उनलाई पछ्याएका एमालेका कृष्ण थापाले २३ हजार ६९८ मत ल्याएका छन्।

धनराजले २८ हजार ५६३ मत ल्याउँदा कृष्णको २५ हजार ३५७ मत आएको छ। अब सबैको आँखा एमालेको गढ मानिएको वडा नंबर १६,१७,२१ तिर सोझिएको छ।

उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मन्जुदेवी गुरुङबीच प्रतिस्पर्धा छ। उपमेयरमा कोपिलाको २८ हजार ९ सय र मन्जुको २९ हजार २  मत रहेको छ। यसअघि कोपिलाले थोरै मतान्तरले मन्जुलाई उछिनेकी थिइन्।

Logo