स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीको बिदाइ

स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीको बिदाइ


महोत्तरीमा आजबाट म्यादी प्रहरीलाई बिदाइ गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि भर्ना गरिएका २ हजार ४ सय ७४ जनालाई आजबाट बिदाइ गरिएको हो ।

स्थानीय निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले एक कार्यक्रमकाबीच बिदाइ गरे ।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले प्रशंसापत्रसहित बिदाइ गरेका थिए ।

 

Logo