भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, ५ हजार मतले अग्रता

भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, ५ हजार मतले अग्रता


चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो बन्दै गएको छ ।

हालसम्म गणना भएको ६९ हजार ६१२ मत गणनामा दाहालले २७ हजार ७८ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ५ हजार १८ मतले पछि परेकका छन् । सुवेदीले २२ हजार ६० मत पाएका छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ९ हजार ४१४ मत छ । यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९ हजार १३२ मत पाउँदा राप्रपाका हमिला गुरूङले १७ हजार १६६ मतसहित पछ्याइरहेकी छन् । 

२९ वडा रहेको भरतपुरमा हालसम्म १४ वडाको अन्तिम परिणाम आएको छ। जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली कांग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ ।  

पछिल्लो मतपरिणाम अनुसार महानगरको वडानम्बर १३ मा माओवादी केन्द्रका प्रकाश दवाडीले १५४७ मत पाएर विजयी भएका छन् । नेकपा एमालेका शान्तराज आचार्यले १२४३ मत पाएका थिए।

यस्तै वडा नम्बर १४ मा नेपाली कांग्रेसका राजेन्द्र खाँखी विजयी भएका छन् । उनले १९११ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण गुरूङले १५७७ मत पाए ।
 

Logo