पोखरामा धनराजको अग्रता कायमै, ८५ हजार भोट गणना हुँदा कसकाे कति मत ?

पोखरामा धनराजको अग्रता कायमै, ८५ हजार भोट गणना हुँदा कसकाे कति मत ?


पोखरा महानगरपालिकाको गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेकपा एसका नेता धनराज आचार्यले एमालेका कृष्ण थापासँगको अग्रतालाई थप फराकिलो बनाएका छन्।  

अहिलेसम्म ८५ हजार १५७ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार आचार्यले ३४ हजार ३३६ मत पाएका छन् भने एमालेका थापाले ३० हजार ९४९ मतपाएका छन्। दुई उम्मेदवारबीचको मतान्तर ३ हजार ३८७ छ ।

राप्रपाका शंकर खरालले ३ हजार ८३५ तथा अटेरी अभियानका खड्कप्रसाद पौडेल गनेसले २ हजार ३३५  मत पाएका छन्। 

उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जु गुरुङले अग्रता लिएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८४७ मत पाउँदा गुरुङ ३५ हजार ३१२ मतका साथ अग्रता लिइरहेकी छन् । मतान्तर ४६५ छ । राप्रपाकी रन्जना शेनले ३ हजार ७३६ मत पाएकी छन् ।

Logo