ललितपुरमा उम्मेदवार नरहेको रुखमा ७ हजार मत, उम्मेदवारमा कसकाे कति ?

ललितपुरमा उम्मेदवार नरहेको रुखमा ७ हजार मत, उम्मेदवारमा कसकाे कति ?


ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन् । अहिलेसम्म ५१ हजार ५०९ मतगणना हुँदा चिरिबाबुले २६ हजार २३६ मत पाएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ हजार ३०७ मत पाएका छन्।

उपमेयरमा एमालेकी मञ्जली शाक्य अगाडि छिन् । उनले १५ हजार १०६ मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १० हजार ५३२ मत पाएका छन् । 

उम्मेदवार नै नरहेको नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा ६ हजार ९१५ मत खसेको छ। अहिलेसम्म १६ वटा वडाको मत गनेर सकिएको छ ।

Logo