काठमाडौं महानगर केशवभन्दा सिर्जना अगाडि, कसले कति ल्याए ?

काठमाडौं महानगर केशवभन्दा सिर्जना अगाडि, कसले कति ल्याए ?


काठमाडौं महानगरपालिकाका जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह बालेन्द्र साह को अग्रता कायमै रहेपनि दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् । मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२  मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् । 

यसैगरी स्वतन्त्र उम्मेदवार बालेन साहले ३२ हजार ९७८ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८,  २८ र २९ नम्बर रहेका छन्।  

 

Logo