पोखरा महानगर मेयरमा गठबन्धनका धनराज र उपमेयरमा एमाले मञ्जुदेवीको अग्रता कायम

पोखरा महानगर मेयरमा गठबन्धनका धनराज र उपमेयरमा एमाले मञ्जुदेवीको अग्रता कायम


पोखरा महानगरपालिकाको मेयरमा पाँचदलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका  उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता बनाइरहेका छन् । उपमेयरमा भने गठबन्धनबाट काग्रेस उम्मेदवार कोपिला रानाभाट पछाडि परेकी छन् । 

८६,२५७ मतगणना गर्दा मेयरमा एकीकृत समाजववादीका धनराज आचार्यले ३४,८१९ मत पाएका साथ अगाडि हुँदा एमालेका कृष्ण थापाले ३१,३७४ मतका साथ पछ्याइरहेका छन् । अहिले आचार्य र थापाबीच् ३४४५ मतान्तर छ । 
राप्रपाका शंकर खरालले ३८८१ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले २३५० मत पाएका छन् 

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले ३५,७९९ मतका साथ अग्रता लिएकी छन् । उनलाई कांग्रेसकी कोपिला रानाभाटले ३५२८९ मतका साथ पछ्याइरहेकी छन् । उपप्रमुखमा एमाले ५१० मतान्तरले अगाडि छ । राप्रपाकी रञ्जना सेनले ३७७७ मत पाएकी छन् । 

Logo