भरतपुरमा रेनुले लिइन् ६ हजार ६६६ मतान्तरको अग्रता

भरतपुरमा रेनुले लिइन् ६ हजार ६६६ मतान्तरको अग्रता


भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन्। यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन्। 

८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१ हजार ६७६ मत ल्याएकी छन्। उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका साथ पछ्याइरहेका छन्। भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन्। 

उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन्। उनालई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मतका साथ पछ्याइरहेका छन्। अहिले वडा नम्बर १७ को मतगणना भइरहेको छ।

Logo