२० असार २०७९ सोमबार
1
1
1
1

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै

1
1
1
1

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ९२ हजार ५६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३७ हजार १२२ मत पाएका छन् ।

यसैगरी नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८५० मत पाएका छन् । राप्रपाका शंकर खरालले ४ हजार २२८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ४४५ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवारले अग्रता बनाएकी छन् । एमालेकी उम्मेदवार मन्जु गुरुङले ३८ हजार मत कटाउँदा कांग्रेसका उम्मेदवार कोपीला रानाभाटको ३७ हजार ५४५ मत आएको छ। राप्रपाकी रन्जना सेनले ४ हजार १३१ मत ल्याएकी छन् ।

प्रकाशित: ७ जेठ २०७९ २१:१२ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी