भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रता

भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रता


भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले करिब साढे सात हजार  मतले अग्रता लिएकी छन् ।

करिब ९० हजार मत गणना हुँदादाहालले ३५ हजार २३० मत प्राप्त गरेक छन् । नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ७६७ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८५२ मत प्राप्त गरेका छन् । उनिहरुको मतान्तर ७४९५ रहेको छ ।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिएकी छन् । अधिकारीले ३७ हजार ४३६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९५५ मत प्राप्त गरेका छन् । 
भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

Logo