पोखरामा १२ हजार ५३९ मतगणना हुन बाँकी, धनराज ४ हजार ४३६ मतले अगाडि

पोखरामा १२ हजार ५३९ मतगणना हुन बाँकी, धनराज ४ हजार ४३६ मतले अगाडि


कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् ।  उनी नेकपा एमालेका कृष्णबहादुर थापाभन्दा ४ हजार ४३६ मतले अगाडि छन् । 

पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो । अब १२ हजार ५३९ मतगणना बाँकी छ । १ लाख ३० हजार ७२७ मतगणना हुँदा आचार्यले ५२ हजार ९७२ मत पाएका छन् भने एमालेका थापाले ४८ हजार ५३६ मत पाएका छन् । राप्रपाका शंकर खरालले ५ हजार ४६२ र स्वतन्त्र उम्मेदवार अटेरी अभियानका खडकराज पौडेल गनेस ले २ हजार ९१९ मत पाएका छन् । 

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ पनि विजयोन्मुख देखिएकी छन् । उनी ४ हजार २ मतले अगाडि छन् । मञ्जुले ५५ हजार ५०४ मत पाउँदा कांग्रेसकी कोपिला रानाभाटले ५१ हजार ४८२ मत ल्याएकी छन् । राप्रपाकी रञ्जना सेनले ५ हजार ४६२ मत पाएकी छन् ।
 

Logo