पोखराको मेयरमा गठबन्धनका धनराज र उपमेयरमा एमालेकी मञ्जुको जित सुनिश्चित

पोखराको मेयरमा गठबन्धनका धनराज र उपमेयरमा एमालेकी मञ्जुको जित सुनिश्चित


पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङको जित सुनिश्चत भएको छ । 

मतगणना अन्तिम चरणमा रहेको पोखरामा गन्न बाँकी मतभन्दा मतान्तर धेरै बनाएपछि भनराज र मन्जुको जित सुनिश्चित भएको हो । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा मंगलबार बिहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ ।

५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि छ् भने,  भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि रहेका छन् । हालसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाको ५१ हजार १ सय ८५ मत छ । उपमेयर पदमा एमालेकी मञ्जुदेवि गुरुङ ५८ हजार ५ सय ८२ मत पाएकी छन् । उनि नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा ४ हजार ३५ मतान्तर अगाडी छिन् । 
 

Logo