युवाको काँधमा आउँदै राजनीति र सत्ता (भिडियोसहित)

युवाको काँधमा आउँदै राजनीति र सत्ता (भिडियोसहित)


स्थानीय तहको निर्वाचन सकिएर परिणामहरु पनि आइसकेका छन् । अब केही पालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ। यसपटकको परिणामले नेपाली कांग्रेसलाई ठूलो दल बनाएको छ भने एमाले दोस्रो र माओवादी केन्द्रलाई तेस्रो दल बनाएको छ । 

धेरैजसो पालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचित भइसकेका धेरैजसो पालिकामा युवा अनुहार देखिएका छन् भने अब आउन बाँकी पालिकामा पनि युवाहरु नै अघि देखिएका छन् । 

काठमाडौंमा बालेन्द्र साह अघि छन्। धरानमा हर्क साम्पाङले बाजी मारिसकेका छन्। भरतपुरमा रेनु दाहालले पनि जित हात पारिसकेकी छिन् । 

को छन् त नयाँ अनुहार ? हामीले आज यही विषयमा केन्द्रित रहेर यो सामाग्री तयार गरेका छौं । हेरौं यो भिडियोमाः

 

Logo