मतदान भएको १२ दिनपछि त्रियुगा नगरपालिकाको मतगणना सुरु

मतदान भएको १२ दिनपछि त्रियुगा नगरपालिकाको मतगणना सुरु


मतदान भएको १२ दिनपछि त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।

‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणना सुरु गरेका छौं ।’त्रियुगा १२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो । सो केन्द्रमा पुनस् मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।

विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुनस्मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनस् मतदानको माग राखेका थिए । नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।

 

Logo