भरतपुरको मेयरमा उठेका ४ जनाले ५ भोट पनि कटाउन सकेनन्

भरतपुरको मेयरमा उठेका ४ जनाले ५ भोट पनि कटाउन सकेनन्


भरतपुरको मत परिणाम भने गठबन्धनको पक्षमा आयो । रेनु दाहाल मेयरमा निर्वाचित भइन् । रेनुले ५२ हजार २८ मत ल्याई निर्वाचित हुँदा एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत ल्याए । त्यसैगरी जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए ।

यी उम्मेदवारको भोटको गन्ती हजारमा भए पनि भरतपुरकै यस्ता उम्मेदवार छन् जसले ५ भोट पनि कटाउन सकेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा उठेका २७ जना मध्य ४ जनाले ५ भोट पनि कटाउन सकेनन् ।

थोरै भोट ल्याउनेमा खरायो चुनाव चिह्न पाएका कुलराज कँडेलले ३, जेब्रा चुनाव चिह्न पाएका हरिचन्द्र घिमिरेले ३, कैची चुनाव चिह्न पाएका रमेश भण्डारीले २ र हाँस चुनाव चिह्न पाएका मिलन अधिकारीले २ मत मात्र प्राप्त गरेका हुन् । यी सबै स्वतन्त्र उम्मेदवार हुन् ।

Skip This
Logo