ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन विजयी, उपमेयरमा एमालेकी मञ्जली शाक्य

ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन विजयी, उपमेयरमा एमालेकी मञ्जली शाक्य


ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन् । उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन् । ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५६०  मत ल्याउन सफल भए ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य विजयी भएकी छन् । शाक्यले गठबन्धनबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्राचार्यले १८ हजार ७५२ मात्र मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३२६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । त्यतिबेला महर्जनले २४ हजार ६४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३१६ मात्र मत प्राप्त गरेका थिए ।

Logo