‘चुनावमा पार्टीको कुरा गर्‍यौं, अब ललितपुर महानगरवासीको कुरा गर्नेछौ’

‘चुनावमा पार्टीको कुरा गर्‍यौं, अब ललितपुर महानगरवासीको कुरा गर्नेछौ’


ललितपुर महानगरपालिकाको मेयरमा विजयी चिरीबाबु महर्जन र उपमेयरमा विजयी मञ्जली शाक्यले शपथ ग्रहण गरेका छन् ।  

मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले आज बुधवार शपथ ग्रहण गर्दै अबको काम महानगरवासीमा समर्पित हुने बताउनु भयो । मेयरमा दोस्रो कार्यकाल सम्हाल्दै महर्जनले महानगरका समस्या समाधानका लागि आफू तत्पर रहने बताए ।  

चुनाव अघिसम्म पार्टीका कुरा गरेपनि अब जनताका समस्या समाधान गर्ने  उद्घोष गरे । मेयर महर्जनले भने , ‘चुनावमा पार्टीको कुरा गर्‍यौँ तर अब समग्र ललितपुर महानगरपालिकावासीको कुरा गर्नेछौँ । महानगरका समस्या समाधान गर्न अहोरात्र लाग्नेछौँ । अब हामी राजनीतिक रूपमा प्रस्तुत हुन मिल्दैन । हाम्रा लागि सबै बराबर हुन् ।’

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी बन्नुभएको हो भने उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभएको हो । 
 

Logo