काठमाडौं महानगरकाे मेयर पक्का भएका बालेनले कटाए ६० हजार मत

काठमाडौं महानगरकाे मेयर पक्का भएका बालेनले कटाए ६० हजार मत


काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ६० हजार नाघेको छ। 

सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार साहले ६० हजार मत कटाएका छन् भने उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन्।

बालेन र सुनिताको जित भने सुनिश्चित भइसकेको छ।

गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतले अग्रता कायम गरि यी दुवै उम्मेदवारले आफ्नो जित पक्का गरेका हुन्।

Skip This
Logo