काठमाडौंको मेयरमा बालेन र उपेमयरमा सुनिता निर्वाचित, बालेनको धन्यवाद र्‍याली सुरु हुँदै

काठमाडौंको मेयरमा बालेन र उपेमयरमा सुनिता निर्वाचित, बालेनको धन्यवाद र्‍याली सुरु हुँदै


काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए । उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले  ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार सुमन सायमीले  १३ हजार ७७० मत ल्याए । उपप्रमुखमा भने सुनिता डंगोल अत्याधिक मतले निर्वाचित भएकी छिन् । उनले ६८ हजार ६१२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । 

बालेनको धन्यवाद र्‍याली सुरु हुँदै

नवनिर्वाचित मेयर बालेनले  धन्यवाद सभा गर्दैछन् । बिहान टुँडीखेलमा बालेनको धन्यवाद सभा हुन लागेको हो । त्यसअघि बालेनका समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन् । त्यसपछि र्‍याली निकालिनेछ। र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ।  

Logo