त्रियुगा १० को वडाअध्यक्षमा गोला प्रथाबाट एमालेका किरण पाण्डे निर्वाचित

त्रियुगा १० को वडाअध्यक्षमा गोला प्रथाबाट एमालेका किरण पाण्डे निर्वाचित


उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. १० मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ। 

वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो। बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका किरण पाण्डेले बाजी मारेका छन्।

नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन गोला प्रथा गरिएको थियो। गोला प्रथाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाशकुमार खड्का पराजित भएका हुन् ।

Logo