टिकटक स्टार मिस पबिलाई म्युजिक भिडियोमा भ्याइनभ्याई

टिकटक स्टार मिस पबिलाई म्युजिक भिडियोमा भ्याइनभ्याई


वर्तमान समयमा टिकटकबाट मोडलिङमा उदाउने कलाकारहरूको संख्या वृहत छ । जो पछिल्लो समय म्युजिक भिडियोमा ‘डिमाण्डेड’ मानिन्छन् । पछिल्लो समय टिकटकबाट म्युजिक भिडियोमा उदाउने मध्येमा पर्छिन्- पवित्रा साँकी अर्थात ‘मिस पबि’ । डडेल्धुराकी उनी टिकटकमा निकै चर्चित छिन् । उनै ‘मिस पबि’ यतिबेला एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी छिन् । उनलाई सर्वाधिक चर्चा दिलाउने गीत भने ‘जुम्ला’ हो । उनका ‘कर्ली केश’, ‘सँगसँगै’,‘आहा कति राम्री’, ‘कपालै कोरी’ जस्ता गीतहरु चर्चामा छन् । 

सानैदेखि अभिनयप्रति रुची राख्ने उनी टिकटकमा डडेल्धुरी भाषा र मिठो लवजले चर्चामा आएकी हुन् । करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई अब चलचित्र क्षेत्रमा समेत अभिनय गर्ने रहर छ । टिकटकमा ९ लाखभन्दा बढी मान्छेहरुद्वारा फलो गरिएकी मिस पबिकाे अभिनय क्षेत्रमै भविष्य समर्पण गर्ने योजना छ ।

Logo